६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर लागेको डढेलो नियन्त्रणमा आउँदै ।

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०७:३८


काठमाण्डौं । पछिल्लो समय देशभर लागेको डढेलो केहि नियन्त्रणमा आएको छ ।

हिजो साझसम्म नेपालका ४३ जिल्लाका दुई सय ७९ जंगलमा डढेलो सक्रिय थियो । वन मन्त्रालयको तत्थ्यांक अनुसार आज यो संख्या घटेर दुई सय एक  रहेको छ । यसरी हेर्दा पछिल्लो २४ घण्टामा ७८ भन्दा बढि जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको हो ।

हिजो सम्मको तत्थ्यांकलाई हेर्दा सुदूर पश्चिममा मात्र ८३ वटा वनमा डढेलो लागेको थियो । तर आज यो संख्या घटेर ५४ छ ।

सुदूर पश्चिम प्रदेश वन मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार स्थानिय बासिन्दाको सक्रियाले नै डढेलो नियन्त्रणमा सजिलो भएको छ ।

उहाँले भन्नुभयो – ‘सुदूर पश्चिममा भौगोलिक रुपमा बिकट छ डढेलो अनकन्टार ठाँउहरुमा लागेको छ । स्थानियको सक्रियता नहुने हो भने डढेलो नियन्त्रण गर्न सकिदैन । ’
‘हामी प्रदेशका सबै क्षेत्र जान सक्दैनौ त्यसैले डढेलो बाकीँ रहेका जंगलको डढेलो नियन्त्रण गर्न संचार माध्यमबाट स्थानियलाई सचेत गराउदै छाैँ’ – उहाँले भन्नुभयो ।

सुदूर पश्चिम सँग सँगै देशका अन्य जिल्लामा लागेको डढेलो पनि नियन्त्रणमा आउने क्रम जारी छ ।

डिभिजन वन कार्यलय चितवनका प्रमुख वन अधिकृत पदम राज नेपालका अनुसार पनि चितवनमा पछिल्लो समय डढेलो घटेको छ । हिजो सम्म १३ स्थानमा लागिरहेको डढेलो आज ८ स्थानमा बाँकी छ । लागिरहेको डढेलो पनि नियन्त्रणमा आउने क्रममा  छ  । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो नरहेको सवै स्थानिय तहलाई सूचित गरेको उहाँले वताउनुभयो ।

जिल्लाले मात्र डढेलो नियन्त्रण गर्न सम्भव नहुने हुदाँ स्थानिय तहलाई स्रोतको बाडँफाड गरि डढेलो नियन्त्रण गर्दे छौँ । उहाँले भन्नुभयो – ‘स्थानिय सामुदायीक वनका उपभोक्ता स्थानिय तह र त्यहाँका जनता सचेत भए डढेलो भयानक हुन पाउदैन ’

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !