१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई केही दिनमै प्रधानमन्त्रीबाट हटाउँछौं – प्रचण्ड

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार १३:१५


काठमाडौं । ‘केपी शर्मा ओलीलाई केही दिनभित्रै प्रधानमन्त्रीबाट हटाउँदैछौं’ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी हो यो ।

आइतबार गृह जिल्ला चितवनमा पत्रकाहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो – ‘तपाईंहरुलाई थाहा छ ? तीन पटक केपी ओलीलाई हामीले प्रधानमन्त्रीबाट हटाएका थियौं ।’

एकपटक बहुमतले संसदीय दलका नेताबाट हटायौं, राष्ट्र, लोकतन्त्र र संविधानविरोधी काम गरेका ओलीलाई तत्कालीन नेकपाबाट कानुनअनुसार ७० प्रतिशत बहुमतले हटाइयो र प्रतिनिधि सभा पुर्नस्थापनापछि तेस्रो पटक हटाइएको प्रचण्डको भनाइ छ । दलको नेता नभएपछि प्रधानमन्त्री पद स्वतः रुपमा जाने उहाँले बताउनुभयो ।

यति गर्दापनि ओलीलाई खासमै हटाउन नसक्नु विडम्बना भएको प्रचण्डले बताउनुभयो ।  ‘हामीले तीन पटक हट्नैपर्ने अवस्थामा पुर्‍यायाैँ, ओली नकचरो भएर बसिरहेका छन्, अहिले पनि लाज पचाएर प्रधानमन्त्री पदमा बसिरहेका छन्, अब चौथो पटक हटाउन कोशिस गर्छौं’– प्रचण्डले भन्नुभयो ।

कांग्रेससँग मिलेर सरकार बनाउने कुरामा छलफल चलिरहेको समेत प्रचण्डले बताउनुभयो । ‘सहमति भयो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ’– प्रचण्डले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !