४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिममा माधव गुटले बनायो बेग्लै कमिटी (नामावलीसहित)

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०९:२२


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले सुदूरपश्चिमका ९ जिल्लामा बेग्लै कमिटी बनाउनु भएको छ ।

आफ्नो गुट विस्तार गर्ने क्रममा माधव गुटले सुदूरपश्चिमका सबै जिल्लामा बेग्लै कमिटी बनाएको हो । माधव गुटले भीम रावलको संयोजकत्वमा सुदूरपश्चिममा बेग्लै कमिटी बनाइसकेको छ । आइतबार सुदूरपश्चिममा ९ जिल्लामा पनि कमिटी बनाइएको जानकारी दिइएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक रावलले ९ जिल्लामा कमिटी बनाइएको जानकारी दिनुभयो ।

यी हुन् जिल्ला कमिटीका पदाधिकारी

कञ्चनपुर

अध्यक्ष – तारा लामा
उपाध्यक्ष –जीवन राज थापा
सचिव – रणबहादुर महरा
उपसचिव – रविन्द्र कुँवर
कार्यालय सचिव – मोहनसिंह रावल

बाजुरा

अध्यक्ष – गगनबहादुर रावल
सचिव – पुरबहादुर राउत
उपसचिव – निरबहादुर शाही

बैतडी

अध्यक्ष – महादेव भट्ट
उपाध्यक्ष – कृष्ण साउद
सचिव – हर्कबहादुर धानुक
उपसचिव – गौरीदत्त भट्ट

अछाम

अध्यक्ष–शेरबहादुर कुँवर
उपाध्यक्ष –नन्दबहादुर कडायत

कैलाली

अध्यक्ष– दीर्घबहादुर सोडारी

डडेलधुरा

अध्यक्ष – डा.तारा जोशी
उपाध्यक्ष – वीरेन्द्रबहादुर बस्नेत
सचिव – धनबहादुर साउद
उपसचिव – शकुन्तला नगरकोटी

डोटी

अध्यक्ष –चक्रबहादुर मल्ल
उपाध्यक्ष – दुर्गा प्रसाद ओझा
उपसचिव – मञ्जु मलासी
कार्यालय सचिव – खड्कबहादुर कठायत

बझाङ

अध्यक्ष – दीलबहादुर सिंह
उपाध्यक्ष – इन्द्रबहादुर भण्डारी
सचिव – दमनबहादुर भण्डारी
उपसचिव – धनबहादुर बोहरा
कार्यालय सचिव – सुरतबहादुर सिंह

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !