१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश–२ को प्रदेश सभा बैठक साेमवार

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०९:०३


काठमाडौं । प्रदेश–२ को प्रदेश सभा बैठक सोमबार बस्ने भएको छ ।

प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठक करिब ६ महिनापछि बस्न लागेको हो । प्रदेश सभाको चौथो अधिवेशन गत कात्तिक ४ गते सकिएको थियो । प्रदेश सभा बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो  । तर सदस्यको टुंगो लाग्न नसकेपछि बैठक बस्न ढिलो भएको हो ।

तत्कालीन नेकपा भंग तथा राजपा र संघीय समाजवादीबीच एकता भएकाले भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दलहरुलाई पत्र पठाइएको थियो । तर दलहरुले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक बस्न सकेको थिएन । दलहरुले नाम दिएपछि प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !