४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मलाई मदन भण्डारीको रुपमा देख्न थालेका थिए – प्रचण्ड

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०८:५९


काठमाडौं । आफूलाई एमालेका नेता कार्यकताहरुले मदन भण्डारीका रुपमा देख्न थालेको दावी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो – ‘पोहोर माघमा भएको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यसमा ओलीको कुनै भूमिका थिएन । बैठकबाट निस्किँदा सबैको हसिलो मुद्रा थियो । म त्यसपछि विभिन्न जिल्लाका प्रशिक्षण कार्यक्रममा गएँ । मेरो प्रशिक्षण देखेर एमालेकै कार्यकर्ताले हामीले तपाईमा मदन भण्डारी भेट्यौं भन्न थालेका थिए ।’

केपी ओलीले आफ्नो लोकप्रियता देखेपछि प्रतिक्रियावादीसँ मिलेर षडयन्त्र गरेको प्रचण्डले दावी गर्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !