९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा ३ जना मन्त्रीको राजीनामा स्वीकृत

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०८:५४


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिएका तीन जना मन्त्रीको राजीनामा स्वीकृत गर्नु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा स्वीकृत भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको छ ।

मुख्यमन्त्री शाहीले रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिनुभएको छ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !