६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आन्दोलन गर्नुपर्छ, नत्र हाम्रो अस्तित्व सकिन्छ –शक्ती बहादुर बस्नेत

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०७:५९


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्तीबहादुर बस्नेतले माओवादीलेचाहेर मात्र जनताको मन जित्न सजिलो छैन भन्नुभएको छ ।

शनिबार राजधानीमा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामाआयोजित कार्यक्रममा बोल्दै बस्नेतले जनातको मन जित्न ठूलो आन्दोलनको आवश्यकता छ भन्नुभयो ।

‘माओवादीले फेरि क्रान्तिमा जानुपर्ने समय आएको छ । अब आन्दोलनमा जानुपर्छ, नत्र हाम्रो अस्तित्व सकिन्छ’– उहाँले भन्नुभयो ।

‘जिन्दावाद र मुर्दावाद भनेर मात्र अब हाम्रो माग सम्बोधन हुनेवाला छैन । नयाँ ढंगले गाउँगाउँ पस्नुपर्ने अवस्था आएको छ । सबैले नेतृत्वलाई साथ दिनुपर्छ’–बस्नेतले भन्नुभयो ।

माओवादी पार्टीको औचित्य फेरी नयाँ तरिकाले जनतालाई बुझाउनुपर्ने उहाँले बताउनुभयो– ‘देशलाई आन्दोलनको खाँचो छ,आन्दोलनमा जानुपर्छ, एउटा नयाँ खालको क्रान्तिको सिजृना गर्नुपर्छ ।’
-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !