२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

 माडीमा राम मन्दिर निर्माणको काम थालियो

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०८:२७


माडी । भगवान श्री रामको जन्मभूमि चितवनको माडीमा भव्य राम मन्दिर निर्माण थालिएको छ ।

माडीको कृष्णनगरस्थित अयोध्याधाममा मन्दिर शिलान्यास गरिएको हो । माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले मन्दिर शिलान्यास गर्नुभएको हो ।

एक सय बिगाहामा फैलिएको कृष्णनगर पार्कमा मन्दिर शिलान्यास गरिएको हो ।

सो ठाउँमा आउँदो बैशाख ८ गते रामनवमीका दिन राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा निर्माण गर्न लगाउनु भएका मूर्ति सो ठाउँमा राखिने छ ।

प्रधानमन्त्री ओलीले स्वस्ती बाचन सहित रथयात्रा गरेर मूर्तिलाई विदाई गर्नुहुने कार्यक्रम छ । मूर्तिहरु देवघाट धाम हुँदै माडी ल्याइने छ ।

मन्दिरमा ल्याइएका मूर्तिलाई प्राणप्रतिष्ठा गरी राखिने योजना रहेको छ । सो कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका साथै संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु सहभागी रहनुहुने छ ।

मन्दिर निर्माणको काम अब धमाधम अघि बढ्ने माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

– आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !