३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भीम रावलको नेतृत्वमा बन्यो सुदूरपश्चिममा माधव गुट कमिटी

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०८:२२


काठमाडौं । माधवकुमार नेपाल गुटले सुदूरपश्चिममा पनि समान्तर कमिटी बनाएको छ ।

मंगलबार सम्पन्न प्रदेशस्तरीय गुटभेलाबाट प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत समान्तर कमिटी बनाएको स्रोतले बताएको छ । नेकपा एमालेका निलम्बित नेता भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरिएको हो ।

यद्यपी, दार्चुलामा भने पार्टीले कमिटी बनाएको छैन । भेलाले कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशीको नेतृत्वमा गुटको समान्तर कमिटी बनाएको हो ।

बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

गुटको समान्तर कमिटीको विस्तारित स्वरूप पत्रकार सम्मेलन मार्फत दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !