४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०८:१९


काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको ज्यान गएको छ ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।

समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

-रासस



प्रतिक्रिया दिनुहोस !