९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीमा अविश्वासको प्रस्ताव ल्याउने दम कसैमा छैन – भुमेश्वर ढकाल

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार १२:०४


काठमाण्डौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृतवको सरकार नै पाँच वर्ष सरकार चल्ने नेकपा एमालेका सचेतक भूमेश्वर ढकालले बताउनुभएको छ ।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकार ढाल्न माओवादी केन्द्रले गरिरहेको चलखेलले सरकार नढल्ने कुरा उहाँले बताउनुभयो । भुमेश्वरले भन्नुभयो – ‘हाम्रो सरकार दर्हो छ, लुम्बिनीमा सरकार ढाल्ने दम कसैमा छैन ।’

प्रदेश पाँचको पछिल्लो राजनैतिक घटना बारे बोल्दै उहाँले भन्नुभयो – ‘विरोधी सांसदले आफ्नो आत्मरक्षाका लागि अविश्वाशको प्रस्ताव ल्याउने कुरा उठाउनुभएको हो तर, उहाँहरुसँग प्रक्रियामा जाने दम भने छैन ।’

जसपा सँगको साझेदारी अहिले आवश्यक नरहेको बताउदै उहाँँले भन्नुभयो –‘हाम्रो सरकार आफैँमा दर्हो छ हामीलाई जसपा सँगको सहकार्य जरुरी छैन ।’

माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने प्रसंगमा उहाँले भन्नुभयो –‘उहाँहरुलाई हामीले हटाईरहन जरुरी छैन, उहाँहरुको पछिल्लो गतिविधि हेर्दा आफैँ पद छाडेर जाने संकेत देखिन्छ ।’

भुमेश्वरले लुम्विनीमा हिउँदे अधिवेशन जरुरी नभएको बताउनुभयो । प्रदेशका सबै विधेयकहरु समितिमा प्रस्तुत भईसकेको र अब कुनै विधेयक तथा नीतिहरु प्रस्तुत गर्न बाकिँ नरहेका कारण प्रदेशमा हिउँदे अधिवेशन जरुरी नभएको उहाँले बताउनुभयो ।

‘समितिका कामहरु सक्किए, विधेयकहरु प्रस्तुत भइसके अब बर्खे अधिवेशन र बजेटमा काम हुन्छ, हिउँदे अधिवेशनको आवश्यकता छैन ।’ – उहाँले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !