९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादीले एमालेमा लागेका चार सांसद्लाई गर्‍याे कारबाही

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार १०:४३


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसद्लाई कारबाही गरेको छ ।

एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई सांसद् पदबाट हटाउन माओवादीले संसद् सचिवालयमा सूचना पठाएको हो । उहाँहरु चारै जना माओवादी केन्द्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद् हुनुहुन्छ ।

सर्वोच्चको फागुन २३ को फैसलापछि तत्कालीन नेकपा खारेज भएको थियो त्यसपछि उहाँहरु चारै जना एमालेमा समाहित हुनुभएको थियो ।

माओवादी केन्द्रले उहाँहरुलाई स्पष्टिकरण सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको एक नेताले बताए । पत्र सचिवालयमा पठाउने तयारी गरिएको ती नेताले बताए ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !