१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेकाे राजनीति हाम्रै वरिपरी घुमिरहेको छ – प्रचण्ड

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार १०:०१


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति आफूहरुकै वरिपरी घुमिरहेको दाबी गर्नुभएको छ ।

रुकुम जाने क्रममा मंगलबार नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नेपालको राजनीति आफूहरुको एजेण्डा बाहिर नगएको दाबी गर्नुभयो ।

‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेण्डा भन्दा बाहिर गएको छैन, हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छाैं, त्यो प्रक्रियामा छलफल चलिरहेकै छ’– प्रचण्डले भन्नुभयो ।

केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन दलहरुबीच छलफल भइरहेको समेत प्रचण्डले बताउनुभयो । पार्टी सुदृढ गर्ने अभियान चलिरहेको भन्दै उहाँले योजनाबद्ध ढंगले अगाडि बढिने जानकारी समेत दिनुभयो ।

रुकुमपछि सुर्खेतको कार्यक्रममा सहभागी हुने भन्दै उहाँले नेपालगञ्जमा पनि कार्यक्रम गर्ने उद्घोष गर्नुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !