६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मतीमा बनायाे माधव गुटले बेग्लै कमिटी

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०७:३६


काठमाडौं । एमालेका निलम्बित सांसद् माधवकुमार नेपालकाे गुटले वाग्मती प्रदेशमा बेग्लै कमिटी बनाएकाे छ ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा एक कार्यक्रम गरेर माधव गुटले अष्टलक्ष्मी शाक्यकाे संयाेजकत्वमा १ सय ७५ सदस्यीय प्रदेश कमिटीकाे घाेषणा गरेकाे हाे ।

१० जनालाई पछि मनाेनित गरिने माधव गुटले जनाएकाे छ  । कमिटीका सदस्यलाई माधव नेपालले सपथ खुवाउनु भएकाे छ ।

बैठकमा अष्टलक्ष्मी शाक्य,पशुपति चाैलागाईं लगायत नेता सहभागी हुनुहुन्छ । झलनाथ खनाल  पनि सहभागी हुने बताइएपनि अहिलेसम्म सहभागी हुनुभएकाे छैन ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !