२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियुले तीन जना नेतालाई गर्‍याे कारबाही

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०६:४५


काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना नेतालाई कारबाही गरेको छ ।

निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिनुभएको छ ।

अनेरास्ववियुले मंगलबार विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँहरुसँग दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको हो’ – विज्ञप्तिमा लेखिएको छ । माधव गुटमा लागेर संगठनको हितविपरित काम गरेको तीन नेतामाथि आरोप लगाइएको छ ।

माधव नेपाल गुट निकट अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव बनाएको थियो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !