१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश १ मा अविश्वासको प्रस्ताव फिर्ता

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार १३:००


काठमाडौं । माओवादी केन्द्रले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।

सोमबार बसेकोप्रदेशसभा बैठकबाट अविश्वासको प्रस्ताव फिर्ता गरिएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले बताउनुभयो ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रस्तावमा हस्ताक्षर गरेका माओवादीका तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो।
-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !