४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजा फिर्ता ल्याउँ, सांसद्ले मन्त्री नबन्ने व्यवस्था गरौं– राजेन्द्र लिङदेन

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०९:२९


काठमाडौं । अब सरकार फेरिए पनि र चुनाव भए पनि अस्थिरता, भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढ्ने राप्रपाका सांसद् राजेन्द्र लिङदेनले दावी गर्नुभएको छ ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो– ‘जुन बाटो अवलम्बन गरे पनि अस्थिरता अन्त्य हुँदैन । त्यसैले राजसंस्था पुनस्थापित गर्नुपर्छ ।।’

अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यो सरकासँग मेरो धेरै कुरामा असहमति भएपनि राज्य बिखण्डन गर्छु भन्ने सिके राउत र विद्रोहको स्वर मच्चाउने विप्लवलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याएको म धन्यबाद दिन चाहान्छु ।’

‘सिके र विप्लव मात्र नभएर राजसंस्थालाई पनि स्थान दिनुपर्छ’– राजेन्द्रले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गरौं ।’

राजेन्द्रले प्रस्ताव राख्नुभयो– ‘सांसद्ले मन्त्री बन्न नपाउने व्यवस्था गरौं, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं । संसद्लाई पूर्ण रुपमा समानुपातिक बनाउँ ।’

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !