६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस सांसदको दावी– केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०९:२७


काठमाडौं । नेपाली कांग्रेसका सांसद् देबेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको अन्तिम प्रधानमन्त्री हुने बताउनुभएको छ ।

कँडेलले २०७४ को चुनावमा गोरखाको पालुङटारमा चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुने भन्नुभएको थियो स्मरण गर्नुभयो । त्यसपछि कँडेलले भन्नुभयो– ‘यस्तै हो भने शायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हो ।’

कँडेलले भन्नुभयो– ‘सोमबार प्रतिनिधि सभाको बिशेष समयमा बोल्दै सांसद् कँडेलले भन्नुभयो– माओवादी र एमाले विभाजित भएको आज ३० दिन भयो । ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । खोई विश्वासको मत लिएको ?’

। प्रधानमन्त्री ओलीले गोरखामा २०७४ को चुनावीसभालाई सम्बोधन गर्दै शेर बहादुर देउवा नेपाली कांग्रेसको अन्तीम प्रधानमन्त्री भएको टिप्पणी गर्नु भएको थियो ।

उहाँले केपी ओलीलाई कुर्सीको मोह रहेको र अरुलाई प्रधानमन्त्री बन्न नदिएको टिप्पणी गर्नुभयो ।

‘केपी ओलीले संसदमा विश्वासको मत लिनुपर्छ, मलाई संसदमा रहेका दलहरुको समर्थन छ भनेर पुष्टी गर्न विश्वासको मत लिने की नलिने ?’ –उहाँले सोध्नुभयो ।
-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !