२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेशका तीन मन्त्रीले संयुक्त राजीनामा दिने

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०८:४८


काठमाडौं । कर्णाली प्रदेशका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने भएका छन् ।

कर्णालीमा नेकपा एमालेको सरकार बनाउने तयारीका लागि राजीनामा दिन लागिएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामी हाम्रै सरकार बनाउँछौ,’ माओवादीलाई किन सरकारको नेतृत्व गर्न दिने ।

आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन माओवादी केन्द्रको सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

हामी मङलबार बस्ने बैठक अगाडि राजीनामा दिन्छौ र संसदीय दलको बैठकमा गएर आगामी सरकारको बारेमा छलफल गर्छौ, एक मन्त्रीले भन्नुभयो । भोलि विहानसम्म मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा दिने मन्त्रीहरुको तयारी छ ।

माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !