३१ जेष्ठ २०७८, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले विश्वासको मत लिनुपर्छ : देवेन्द्रराज कँडेल

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०८:३५


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् देवेन्द्रराज कँडेलले सरकाले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले हिजो नेकपाको सरकार भएको अवस्थामा बन्नुभएका प्रधानमन्त्रीले आज दुईवटा पार्टी भइसकेको अवस्थामा संसद्मा विश्वासको मत लिनुपर्ने बताउनुभयो । ‘हामीले नेकपालाई देखेका थियौँ विश्वासको मत लिएको, एमालेलाई होइन’, उहाँले भन्नुभयो ।

एमालेले हिजो विश्वासको मत र समर्थन नलिएको कारण एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने उहाँको भनाइ थियो । नेकपा विभाजित भएपछि एमालेको सरकार बनेको ३० दिन पूरा भएकोले उसले विश्वासको मत लिनै पर्ने उहाँले दाबी गर्नुभयो ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !