३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताको माग अनुसार नै एमाले भए – टंक आङ्बुहाङ

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०७:३०


काठमाडौं । ‘जनताको माग अनुसार नै एमालेमा गएको हुँ’ – यो भनाई हो, प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङको ।

नेकपा खारेज भए पछि जनताले माओवादीलाई भन्दा एमालेलाई बढी माया गरेको हुँदा एमाले प्रवेश गरेको मन्त्री आङ्बुहाङको भनाई छ । उहाँलाई सांसद पदबाट हटाउन माओवादीले संसद सचिवालयमा पत्र पठाएको छ ।

‘चुनावबाट निर्वाचित हुँदा माओवादी भन्दा एमालेको जनमतका कारण म निर्वाचित भएको हुँ । सांसद् पदबाट हटाउनु भनेको एउटा कानुनी प्रक्रिया हो । म हट्छु भन्ने थाहा भएर नै एमाले प्रवेश गरेको हुँ ।’ – मन्त्री आङ्बुहाङले भन्नुभयो ।

माओवादीले गर्नुपर्ने काम गरिसकेको र अबको माओवादीको यात्रा गन्तव्यहीन रहेकोले पार्टीमा बसिरहनुको अर्थ नभएको उहाँले स्पष्ट पार्नुभयो ।

आङ्बुहाङ एमाले प्रवेश गरेर अर्थमन्त्री बनिसक्नुभएको छ, उहाँ एमालेको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !