६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अखिलमा पनि कारवाहीमा पर्न थाल्यो माधव गुट

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार १३:००


काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना लाई २४ घण्टे स्पष्टीकरण मागेको छ ।

आइतबार अखिलका अध्यक्ष ऐन महरले सचिवहरु सुदेश पराजुली, वसिम आलम, र आरती लामालाई स्पष्टीकरण सोध्नुभएको हो । महरले स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाउनुभएको हो । हालै सम्पन्न माधव गुटको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो ।

संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न महरले सोध्नुभएको स्पष्टीकरण पत्रमा उल्लेख छ । स्पष्टीकरण बुझाउने यो नै अन्तिम मौका रहेको पनि महरले जानकारी गराउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !