४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले दिएकाे काेराेनाविरुद्ध भेराेसेल खोप चैत २५ देखि लगाइने

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार १२:५२


काठमाडाैं । चीनले अनुदानमा दिएकाे काेराेनाविरुद्धकाे भेराेसेल खाेप चैत २५ देखि लगाइने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा आइतबार साे जानकारी दिनुभएकाे हाे । सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा काठमाडाैं ल्याइएको थियो ।

साे खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता गाैतमले जानकारी दिनुभयाे ।

खाेप लगाइने अस्पतालबारे स्वास्थ्य मन्त्रालयले ताेकेका अस्पतालमा मात्र ती खाेप लगाइने छ ।

साे खाेप चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेहरुलाई साे खाेप दिइने पनि गाैतमले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !