४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा माधव गुट पनि सहभागी

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार ११:४२


काठमाडौं ।  नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक जारी छ ।

संसदीय दलको बैठकमा माधव गुटका सांसद् पनि सहभागी छन् ।

पार्टीले गरेको निर्णयलाई बहिष्कार गर्दै आएको माधव गुट संसदीय सहभागी भएको एक नेताले बताए ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्थ मन्त्री प्रकाश ज्वाला बैठकमा सहभागी हुनुहुन्छ ।

नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिदा माधव गुटले विरोध गरेको थियो ।

एमाले प्रमुख सचेतक गुलावजँग शाहका अनुसार बैठकमा सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल हुँदैछ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !