६ असार २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिले हामीले एमालेसँग मात्र छलफल गरिरहेका छौं-लक्ष्मणलाल कर्ण

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार ११:४३


.

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक हरुको विश्वास छैन, हामी उहाँकै साथमा छौं’ – जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको भनाइ छ ।

कांग्रेसको पछिल्लो निर्णयपछि अब तपाईंहरुको समर्थन कता भन्ने प्रश्नमा कर्णले भन्नुभयो – ‘मधेसका मुद्दा ओलीले मात्र समाधान गर्न सक्नुहुन्छ, सम्बोधन गर्न सक्नुहुन्छ, यही कारण हामी ओलीको साथमा छौं ।’ प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

मधेसका मुद्दा ओली सरकार बाहेक अरुले सम्बोधन गर्न नसक्ने दाबी गर्दै कर्णले प्रश्न गर्नुभयो – ‘सरकारमा भएको पार्टीले नसकेर अरुले सक्लान र ? अहिले हामीले एमालेसँग मात्र छलफल गरिरहेका छौं ।’

कांग्रेस र माओवादी केन्द्रसँग छलफल नभएको बताउँदै कर्णले भन्नुभयो – ‘छलफल भएपनि उहाँहरुले हाम्रा माग सम्बोधन गर्न सक्नुहुन्न, विगतमै पनि यो पुष्टि भइसकेको छ ।’ नेपाली कांग्रेसले त कुनै हालतमा मधेसका माग सम्बोधन गर्न नसक्ने कर्णको दाबी छ ।

‘अरुले माग सम्बोधन गर्न सक्दै सक्दैनन्, ओली सरकार सकारात्मक देखिएको छ, हाम्रा माग चाँडै सम्बोधन गर्छ भन्ने विश्वास छ’ – कर्णले भन्नुभयो । सरकारसँग छलफल जारी रहेको बताउँदै उहाँले भन्नुभयो – ‘माग सम्बोधन भएपछि मात्र सरकारलाई औपचारिक रुपमा सहयोग गछौं, ढिलो चाँडो ओली सरकारले माग सम्बोधन गर्छ ।’

आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !