३० जेष्ठ २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउँछौं – रामचन्द्र पौडेल

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार १०:४९


.

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ, दिनुभएन भने अविश्वासको प्रस्ताव राखेर हामी हटाउँछौं’– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी हो यो ।

नेपाल शिक्षक संघले शनिबार गरेको कार्यक्रममा नेता पौडेलले सो दाबी गर्नुभएको हो । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले समेत प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको बताउँदै पौडेलले भन्नुभयो – ‘प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा लैजान्छौं, अनि हटाउँछौं ।’

प्रधानमन्त्री ओली प्रतिनिधि सभाकाे उपेक्षाा गर्नुभएको आरोप लगाउँदै पौडेलले भन्नुभयो – ‘यसकारण नै उहाँको विकल्प खोजिएको हो ।’ अब बन्ने सरकारको नेतृत्व कांग्रेस गर्ने बताउँदै उहाँले यसका लागि अरु दलसँग छलफल भइरहेको जानकारी दिनुभयाे ।

वर्षाैंदेखि लडेर ल्याएको व्यवस्था ओली सरकारले ध्वस्त पारेको आरोप पनि पौडेलले लगाउनुभयो । सरकारले लोकतन्त्रलाई खतरामा पारेको आरोप समेत पौडेलले लगाउनुभयो ।



प्रतिक्रिया दिनुहोस !