४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जाजरकोटमा यातायात मजदूरबीच झडप, एकले ज्यान गुमाए

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १३:५७


काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदूरबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।

जाजरकोट–डोल्पा यातायात समितिका मजदूरबीच गाडीको रुटको विषयमा विवाद हुँदा शुक्रबार एक जनाको ज्यान गएको छ । झडपमा परेर नलगाड नगरपालिका–४ का ३५ वर्षीय नरेश रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो । ‘रुटको विषयमा विवाद हुँदा झडप भएको रहेछ, त्यसक्रममा एकको ज्यान गएको छ, दुई घाइते भएका छन्’– उहाँले भन्नुभयो ।

डीएसपी थापाका अनुसार दिनेशको शव देउलस्थित खोलामा भेटिएको थियो । घटनामा सलंग्न ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको हो ।
-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !