४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर १७९ संक्रमित थपिए, १११ जना निको भए

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १३:५५


काठमाडौं । नेपालमा थप १ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।

केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । तीमध्ये २ लाख ७२ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १ सय ११ जना निको भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन् । हालसम्म नेपालमा कोरोनाबाट ३ हजार ३१ जनाले ज्यान गुमाएका छन् । देशभर अब सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ रहेको मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !