९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अदालतले बहुदलीय व्यवस्था मानेन – देव गुरुङ

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार १२:४५


काठमाडौं । सर्वोच्च अदालतले बहुदलीय व्यवस्था नमानेको माओवादी केन्द्रका नेता देव गुरुङले आरोप लगाउनु भएको छ ।

तत्कालीन नेकपा ब्युँताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको पुनरावलोकन निवेदन सर्वाेच्चले बिहीबार अस्वीकार गरेपछि गुरुङले सो आरोप लगाउनु भएको हो ।

सर्वोच्चको आदेश राजनीतिक भएको बताउँदै गुरुङले भन्नुभयो – ‘दलहरुले मेहनत गरेर पार्टी बनाउने, एकता गर्ने, अनि अदालतले भटाभट विघटन गरिदिने भएपछि त मल्टीपार्टी डेमोक्रेसीमाथि हस्तक्षेप भयो, दलीय स्वतन्त्रता नै बाँकी रहेन ।’

एकता गर्ने र पार्टी विघटन गर्ने अधिकार संविधानले दिएको भएपनि अदालतले त्यो अधिकार खोसेको गुरुङको दाबी छ । ‘पूर्वाग्रह भन्दा पनि हामीले हेर्ने सिस्टमको कुरा हो, सो हिसाबले हेर्दा सर्वोच्चको आदेशले मल्टीपार्टी डेमोक्रेसी ध्वस्त बनाइदियो’ – गुरुङले भन्नुभयो ।

सर्वोच्चले जस्तो आदेश दिएपनि आफूहरु आफ्नै हिसाबले अगाडि बढ्ने गुरुङले बताउनुभयो । संविधान नै सिध्याउनेगरी अदालतको आदेश आएको बताउँदै गुरुङले भन्नुभयो – ‘केही व्यक्तिका कारण अदालतले प्रक्रिया भन्दा बाहिर गएर आदेश दिएको छ, यो आदेश संविधान नै सिध्याउनेगरी आएको छ ।’

-आईएनए न्युज



प्रतिक्रिया दिनुहोस !