२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेद्धारा घनश्याम र सुरेन्द्रलाई पनि ६ महिना निलम्बन

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार ०८:२३


काठमाडौं । नेकपा एमालेले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको हो । पार्टी हित विपरितका गतिविधिमा संलग्न भएको र स्पष्टिकरणको जवाफ पनि चित्तबुझ्दो नभएको भन्दै एमालेले भुसाल र पाण्डेलाई कारबाही गरेको हो ।

आफूले गरेका पार्टी हित विपरितका गतिविधिमा भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा तथा आत्मआलोचना नगरेको भन्दै उहाँहरुलाई निलम्बन गरिएको एमालेले जनाएको छ ।

नेता भुसाल र  पाण्डेले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने काम गरेकाले कारबाही गरिएको कारबाही सम्बन्धी पत्रमा उल्लेख छ ।

यसअघि एमालेले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेको छ । चारै नेतालाई एमालेले स्पष्टिकरण सोधेको थियो । तर उहाँहरु सबैले नकारात्मक स्पष्टिकरण दिनुभएको थियो । त्यति मात्र नभइ गुट भेलालाई पनि निरन्तरता दिएपछि एमालेले चारै नेतालाई  निलम्बन गरेको हो ।

-आईएनए न्युज



प्रतिक्रिया दिनुहोस !