१७ श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

इटहरीमा एकको हत्या, एक पक्राउ

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ०४:०२


सुनसरी । इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो ।

सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !