२ असार २०७८, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट निलम्बन

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ११:५५


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेकाे छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले माधव गुटका दुबै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेकाे हाे । स्राेतअनुसार अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको पत्र उहाँहरुलाई पठाउनुभएकाे हाे ।

गुटगत भेला लगायत पार्टी हित विपरित काम गरेपछि नेपाल र रावलसहित  सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग एमाले स्पष्टिकरण सोधेको थियो । साे स्पष्टिकरणकाे जवाफमा नेपाल र रावलले उल्टै स्पष्टिकरण साेध्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !