१० श्रावण २०७८, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइपुग्याे चीनले दिएकाे काेराेना विरुद्धकाे खाेप

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०६:१६


काठमाडाैं । चीनले नेपाललाई दिएकाे ८ लाख डोज कोरोना विरुद्धको खोप काठमाडाैं आइपुगेको छ ।

चीनले अनुदानस्वरुप नेपाललाई दिएकाे ८ लाख डोज खोप साेमबार बिहान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आइपुगेकाे हाे । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले आइतबार बिहान साे खोप काठमाडौं ल्याएको हो ।

साे खाेप लिन नेपाल एयरलाइन्सकाे जहाज चैत १४ गते चीन गएकाे थियाे । सिनोफार्मले उत्पादन गरेको  ‘भेराे सेल खोप’ चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साे खाेप चीनले दिउँसाे १ बजे बालुवाटारमा एक कार्यक्रमबीच हस्तान्तरण गर्ने छ । साे खाेप प्रयाेगमा ल्याउन भने केही समय लाग्ने बताइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !