४ असार २०७८, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुनु राष्ट्रिय सफलता – प्रम ओली

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार ०८:४५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुनु राष्ट्रिय सफलता भएको बताउनु भएको छ ।

नेपाललाई पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।उहाँले भन्नुभयो – ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भयौं, यस अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीलाई बधाई, यो राष्ट्रिय सफलता हो, राष्ट्रिय खुशीको अवसर हो ।’

हरेक दिन देशले नयाँ उपलब्धि र सफलता पाउँदै गएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । हरेक दिन एक कदम अगाडि भन्ने नाराले सार्थकता पाउँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो –‘हामी हरेक दिनजसो नयाँ नयाँ उपलब्धि हासिल गर्दै, नयाँ नयाँ उचाइहरु छुँदै अगाडि बढेका छौं, नयाँ नयाँ सफलता प्राप्त गर्दै हरेक दिन एक कदम अगाडि हाम्रो तरीका त्यो हो’– प्रधानमन्त्रीले भन्नुभयो ।

देश हरेक दिन एक कदम अगाडि बढ्नुपर्ने र जहाँको त्यही हुन नहुने प्रधानमन्त्रीले बताउनुभयो । विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, हवाई जहाजको क्षेत्र, आइटी डिजीटल नेपाल, उर्जा उत्पादन, सेवाको क्षेत्र हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

विदेश गएका युवालाई आफ्नै देशमा रोजगार सृजना गर्न र स्वावलम्बी देश बनाउन सबै लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । रोजगारीको सृजनाको लागि उत्पादन क्षमता र क्षेत्र बढाउनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !