१९ श्रावण २०७८, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हत्या आरोपमा चार पक्राउ

प्रकाशित मिति :  ३ चैत्र २०७७, मंगलवार ०६:१९


बैतडी । युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई  पक्राउ गरेकाे छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई  पक्राउ गरेकाे हो ।

अनुसन्धानकै क्रममा रहेकाले  पक्राउ पर्नेको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनुसन्धान भइरहेको छ ।’

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए । कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशङ्का गरेको हो ।

मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव परीक्षण सम्पन्न भए पनि आफन्तले अझै शव बुझेका छैनन् ।
–रासस



प्रतिक्रिया दिनुहोस !