९ श्रावण २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा र्‍याली तथा प्रवचन

प्रकाशित मिति :  २४ फाल्गुन २०७७, सोमबार ०६:५१


रामेछाप । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रामेछापमा सोमबार र्‍याली तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

दिवस मूल आयोजक समितिको समन्वय तथा मन्थली नगरपालिकाको अयोजनामा कार्यक्रम भएको हो ।

बिहान मन्थलीको बीपी चोकबाट निस्किएको र्‍याली मन्थली बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दीपा पाख्रिनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वक्ताले दिवसको महत्व तथा नेपाली महिलाको अवस्थाको बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा व्यवसाय तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला र संस्थालाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सिपमूलक तालिम लिएका महिलालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !