१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महान ब्राजिलियन फुटबलर पेलेको निधन

प्रकाशित मिति :  १५ पुष २०७९, शुक्रबार ०४:१९


काठमाडौँ। महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।

सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो ।

बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !