१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मतदान शिक्षा: खटाइएन स्वयंमसेवीका, मतदाता अन्योलमा

प्रकाशित मिति :  ३ मंसिर २०७९, शनिबार १४:४६


कटारी । उदयपुर क्षेत्र नं २ मा मतदाता शिक्षा फितलो देखिएको छ ।

निर्वाचन आयोगले मतदान शिक्षाका लागि निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविका लाई खटाउने भने पनि यस क्षेत्रमा जिम्मेवारी नदिइएको स्वयंसेवीकाले गुनासो गरेका छन् ।

कटारी वडा नं २ कि स्वयंमसेवका पुनम धमलाले निर्वाचन आयोगले सर्कुलर गरे पनि आफूलाई नखटाइएको गुनासो गर्नुभयो ।

‘निर्वाचन आयोगले सर्कुलर जारी गरे पनि यस क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले पनि जानकारी दिएन’ उहाँले भन्नुभयो ‘न त नगरपालिकाबाट खबर आयो न वडाले खबर गर्यो । हामी नै मतदान कसरी गर्ने अन्योलमा छौं । मतदातालाई खै कस्ले सिकाउने ।’

‘हामीलाई तालिम निर्वाचन अधिकृत कार्यालयले तालिम दिएर वडा सँग समन्वय गरेर खटाउनु पर्ने’ स्वयंसेवीका कमला तामाङले भन्नुभयो- ‘तर निर्वाचन अधिकृत कार्यालयले पनि खबर गरेन, न त वडाले नै गर्यो । यहाँ मतदातामा अन्योलता छाएको छ ।’

मतदानको आज अघिल्लो दिन हो । मतदातामा अन्योलता बढ्दै गएको छ । आफूले हालेको मत बिग्रिने हो कि भन्ने डर मतदाताले मानिरहेका छन् ।

आफूलाई कसैले मत कसरी हाल्ने भनेर सिकाउन नआएको पार्टीका नेताहरुले आफू आफूलाई मत मागेर नसिकाइ हिडेको बताउनु हुन्छ मतदाता माया अधिकारी ।

‘मत माग्न आए आफूलाई मागे गए । स्वतन्त्र रुपमा कसैले सिकाएन । सबै स्वार्थका लागि आए गए’ अधिकारीले भन्नुभयो ‘निर्वाचन आयोगले मान्छे खटाएको छ भन्ने समाचारमा सुनिन्छ तर यहाँ आइ नै पुगेनन् ।’

‘खै कसरी मत हाल्ने कसैले भनेका छैनन्’ स्थानीय ब्रम्हलाल दनुवारले भन्नुभयो ‘जान्दिन मत हाल्न भोलि कसैले सिकाउँछ कि ?’



प्रतिक्रिया दिनुहोस !