१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमालेबाट मात्र देश विकास सम्भव छ -कमल चौलागाईं

प्रकाशित मिति :  २७ कार्तिक २०७९, आईतवार १४:५९


काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंले नेकपा एमालेबाट मात्र देश विकास सम्भव भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले आइतबार दोरम्बामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता चौलागाईंले देशको विकास र समृद्धिको लागि आउने चुनावमा एमालेको सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । एमालेका चुनावी सभामा भएका उपस्थितिले एमालेको पक्षमा जनमत बनेको पुष्टि भएको चौलागाईंले बताउनुभयो ।

मङ्सिर ४ को निर्वाचनमा स्थानीय तहको जनमत तुलना नगर्न पनि चौलागाईंले आग्रह गर्नुभयो । स्थानीय तह निर्वाचन पछि समय र देशको राजनीति धेरै अघि बढिसकेको उहाँले प्रष्ट पार्नुभयो । ‘स्थानीय तह निर्वाचनको भोटको आधारमामा गठबन्धन अगाडि छ भन्छन्, गठबन्धन दलको आफ्नै पार्टी भित्र गठबन्धन छैन, बाहिरको गठबन्धनको के कुरा गर्नु’, चौलागाईंले भन्नुभयो ।

गठबन्धन दलका नेताहरू आफ्नै पार्टी भित्र खुट्टा तानातान गरिरहेका चौलागाईंले बताउनुभयो । ‘पहिला आफ्नै पार्टी भित्र गठबन्धन गर न, यस्ता नालायकलाई भोट दिएर के गर्नुहुन्छ ?’ चौलागाईंले प्रश्न गर्नुभयो ।

उम्मेदवार चयनमा एमाले भित्र कुनै अस्वस्थ प्रतिस्पर्धा नभएको र एमाले एक ढिक्का भएर चुनावमा आएको उहाँले बताउनुभयो । एमाले एक भएर चुनावमा आएकाले जनताले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !