१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा तीन व्यक्तित्व क्रियाशील

प्रकाशित मिति :  २६ कार्तिक २०७९, शनिबार १४:५५


दमक । नेकपा एमालेको विजय यात्रालाई शशक्त बनाउन दमकका तीन व्यक्तित्व सक्रिय हुनुभएको छ ।

दमकका चीरपरिचित नाम घनेन्द्र सुब्बा, छत्र राई र तेजस्वी थेबे सक्रिय बन्नुभएको हो ।

घनेन्द्र सुब्बा दमकका पूराना र प्रभावशाली राजनीतिक कार्यकर्ता हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा क्षेत्र नम्बर ५ खका उम्मेदवार होमबहादुर थापाको उपस्थितिमा घनेन्द्रले नेकपा एमालेलाई केन्द्र र प्रदेशमा जिताउन आफूले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

केपी ओलीको निवासमा आयोजित जमघटमा छत्र राईले नेकपा एमालेमा क्रियाशील हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । केही दशक बैंकिङ क्षेत्रमा बिताउनुभएका राईले केन्द्रमा केपी ओली र प्रदेशमा होमबहादुर थापालाई जिताउन आफ्नो भूमिका देखाउने बताउनुभयो ।

जमघटमा समाजसेवी तथा प्रभावशाली राजनीतिकर्मी तेजस्वी थेबेले झापामा नेकपा एमालेको विकल्प नरहेको बताउनुभयो । आफ्नो नशानशामा एमाले रहेको भन्दै उहाँले दमकको विकासका लागि केपी ओली र होमबहादुर थापालाई जिताउन आवश्यक रहेको बताउनुभयो । दुई उम्मेदवारलाई जिताउन आफूले ठूलो जिम्मेवारी बहन गर्ने पनि उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !