११ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक्कासि केपी ओली नाइट क्लब एलओडि पुगेपछि… (तस्वीरहरु)

प्रकाशित मिति :  २६ कार्तिक २०७९, शनिबार ०२:३०


काठमाडाैं । विश्वकै टप टेन नाइट क्लबहरु मध्य काठमाडाैंकाे दरबारमार्ग स्थित नाइट क्लब एलओडिमाण हरेक रात युवाहरु म्युजिकमा मस्त झुमिरहेका हुन्छन् । शुक्रबार रात पनि युवाहरू म्युजिकको तालमा झुमिरहेका थिए । केहि समय पछि त्यहाँ एक व्यक्तिकाे एक्कासि उपस्थित भयाे । युवाहरुकाे उत्साहले त्यहाँकाे माहाेल अझ राेचक बन्न पुग्याे । त्याे व्यक्ति हुनुहुन्थ्याे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

अध्यक्ष ओली एक्कासि नाइट क्लबमा उपस्थित हुँदा क्लबको रौनक नै परिवर्तन भयो । केपी ओली  एलओडिका सञ्चालक टिमकाे आमन्त्रणामा क्लब पुग्नुभएकाे थियाे । तर त्यहाँ उपस्थित अन्य रमाइलाे गर्ने युवाहरुलाई त्याे कुरा थाहा नभएकाेले सप्राइज जस्तै भएकाे थियाे । आगामी निर्वाचनकै सन्दर्भमा एक र्‍याप गित सार्वजनिक गर्न क्लब जानुभएकाे थियाे । प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी आफ्नो नाममा निर्माण गरिएको र्‍याप गीत ओलीले त्यहाँ सार्वजनिक गर्नुभएकाे हाे । गीत सार्वजानिक गर्ने क्रममा ओलीले मंसिर ४ गतेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै एमालेको पक्षमा मतदान गर्न युवाहरु माझ आग्रह समेत गर्नुभयो ।

एलओडीका सञ्चालकसहित क्लबमा उपस्थित हुनुभएका केपी ओलीसँग एमाले उपमहासचिव विष्णु रिमाल सहित अन्य नेता तथा कार्यकर्ताकाे पनि उपस्थित थियाे ।






प्रतिक्रिया दिनुहोस !