१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेण सभा आम सभामा परिणत भएपछि….

प्रकाशित मिति :  २१ कार्तिक २०७९, सोमबार ०७:१६


चितवन । चितवन क्षेत्र नम्बर ३ मा आज एक राेचक दृश्य देखियाे । चितवन ३ बाट प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारी दिनुभएका साझा उम्मेदवार दिनेश काेइरालाकाे एक काेण सभा एकाएक आम सभामा परिणत भयाे ।

चुनावी प्रचारकाे लागि साझा उम्मेदवार काेइरालाकाे सानाे काेण सभा गर्ने भनिएकाे थियाे । तर भरतपुर-८ गाैरिगंज पिपल चाेकमा गरिएकाे काेण सभाले छुट्टै माेड लियाे । कार्यक्रममा ठूलाे संख्यामा मानिस भेला भए । काेण सभा भनि गरिएकाे कार्यक्रम आम सभामा परिवर्तन भयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै चितवन कांग्रेसका पुराना नेता तथा पूर्व सभापति कृष्णलाल सपकाेटाले ०४६ काे जनआन्दाेलनकाे समझ्ना गर्नुभयाे । ‘यस्ताे कार्यक्रम धेरै पहिला ०४६ सालमा भएकाे थियाे । आजकाे याे कार्यक्रमले मलाई त्याे सभा याद आयाे ।’ उहाँले भन्नुभयाे- ‘०४६ मा कांग्रेस र जनमाेर्चाकाे संयुत्त कार्यक्रम यस्तै भव्य बनेकाे थियाे । आज त्याे क्षण याे सभाले मलाई दिलायाे ।’

चितवन ३ का साझा उम्मेदवार दिनेश काेइरालाले कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेस पार्टी भित्रको अलोकतान्त्रिक गतिविधि विरुद्ध आफूले उम्मेदवारी दिएकाे उहाँले बताउनुभयाे ।

अहिलेको गठबन्धन सीमित व्यक्ति र परिवारका लागि मात्रै भएकोले र पार्टी र देशको हितमा नभएको पनि उहाँले दाबी गर्नुभयो ।

‘पार्टी भित्र बोल्छु कसैले सुन्दैन, पार्टी भित्र बोल्छु आफ्नो एजेण्डा लागु गर्न सकिँदैन, बाहिर बोल्छु केन्द्रीय सदस्य भएर बाहिर जे पनि बोल्ने मिल्दैन, त्यसैले आज गम्भीर मोडमा मैले यो निर्णय गरेँ, मलाई पार्टी केन्द्रीय सदस्य ठुलो कुरो होइन, देश र जनता त्यो ठुलो कुरा हो,’, कोइरालाले भन्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !