८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा पूर्व महिला जनप्रतिनिधिलाई पैरवी तालीम

प्रकाशित मिति :  १९ कार्तिक २०७९, शनिबार १२:१७


दमक । स्थानीय तहका निवर्तमान महिला जनप्रतिनिधिहरु अहिले के गर्दैछन् ? समाजमा उनीहरुको अबको उपयोगिता र भूमिका के हुनसक्छ ?

निवर्तमान महिला जनप्रतिनिधिहरुलाई पैरवी सम्बन्धी प्रशिक्षण कार्यक्रम झापाको दमकमा सञ्चालन भइरहेको छ । चार दिने सो प्रशिक्षणको बिहीबार दमक स्थित कामक्ष होटलमा चलिरहेको छ । बिहीबारदेखि चलिरहेको सो प्रशिक्षणमा महिला पूर्व जनप्रतिनिधिहरु सहभागी छन् ।

प्रशिक्षणमा दलित महिला केन्द्र नेपालका अनुगमन मूल्यांकन संयोजक तेजीलाल लामाले पूर्व जनप्रतिनिधि महिलाहरुले निरन्तर समाजिक काम गरिरहेको आफूले देखेको बताउनुभयो । समाजमा नेताका रुपमा क्रियाशील गराउन पैरवी सम्बन्धी तालिम आयोजना गरिएको उहाँले बताउनु भयो । संयोजक लामाले पूर्व जनप्रतिनिधि महिलाहरुको समाजमा सामाजिक सद्भाव कायम गराउनु महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि तालिम उपयोगी हुने विश्वास राखिएको बताउनुभयो ।

दलित महिला केन्द्र नेपालको आयोजना, आईएफइएसको प्राविधिक सहयोग, अष्ट्रेलियन एड र स्विस सरकार आर्थिक सहयोगमा पूर्व महिला जनप्रतिनिधि लक्षित महिला नेतृत्व कार्यक्रम पैरवी सम्बन्धी प्रशिक्षण सुरु गरिएको दलित महिला केन्द्रकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो ।
प्रशिक्षणमा दमक नगरपालिका र कमल गाउँपालिकाका १३ जना पूर्व जनप्रतिनिधि महिला सदस्य, दलित महिला सदस्यहरुको सहभागीता छ ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण दलित महिला केन्द्र नेपालका पुनम मण्डल र नरेश खातीले गरिरहनुभएको दलित महिला केन्द्रकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !