४ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्लाहीकाे मिलनचाेकमा लुटेरा समूहद्वारा गाेली प्रहार

प्रकाशित मिति :  २ कार्तिक २०७९, बुधबार ०९:४३


सर्लाही । बागमती नगरपालिका-१, मिलनचाेकमा रहेकाे सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गाेली प्रहार गरेकाे छ ।

लुटेरा समूहले प्रमुख साजन कार्कीमाथि ४ गाेली प्रहार गरेका हुन् ।

बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेराले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।

प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि गाेली प्रहार गरेकाे पाइएकाे छ । गाेली हानेपछी लुटेरा समुह भागेका छन् ।

तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेका घाईते कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडाैं पठाईएकाे छ ।



प्रतिक्रिया दिनुहोस !