७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भोलिदेखि आचारसंहिता लागु गर्दै निर्वाचन आयाेग

प्रकाशित मिति :  ११ आश्विन २०७९, मंगलवार १५:२९


काठमाडौं । निर्वाचन आयाेगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयाेगले भाेलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेकाे हाे ।

आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएकाे आयाेगले जनाएकाे छ ।

आयाेगले यसअघि नै नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरिसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !