१५ चैत्र २०८०, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाललाई आकाशबाट चिनेका सुरज, अरुलाई पनि अनुभव सिकाउँदै

प्रकाशित मिति :  २७ जेष्ठ २०७९, शुक्रबार ०८:४५


इटहरी । राष्ट्रिय स्तरका ड्रोन पाइलटका रुपमा चिर परिचित नाम हो सुरज पोखरेल । उनले देशका विभिन्न विशेष तथा पर्यटकीय स्थानलाई आकाशबाट भिडियोमा कैद गरिसकेका छन् ।
ड्रोनमा मात्र नभएर फोटो क्यामेरा र भिडियो क्यामेरामा पनि अब्बल मानिन्छन् ।

तेह्रथुमको छथर घर भएको सुरज हाल इटहरी बसेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । आफूमा भएको शिक्षा अरुलाई बाड्न आतुर छन् सुरज । यसैबीच इटहरी स्थित पूर्वावाअञ्चल इन्सिच्युट अफ फिल्म एण्ड टेलिभिजनले उनलाई सो अवसर दिएको छ । यस इन्सच्युटले ६ दिने ड्रोन र गिम्बल कोर्स सुचारु गरेको छ । जसमा प्रशिक्षकका रुपमा सुरज छन् । यस इन्सिच्युटका एक संचालक सुरज पनि हुन् । जसले लामो समय देखि आफूलाई ड्रोन, क्यामेरा र गिम्बलसँगै राखेका छन् र यसैमा सफलता खोजिरहेका छन् ।

सात वर्ष देखि लगातार ड्रोनलाई नेपालका आकाशमा घुमाइरहेका सुरजसँग हाल सम्म १५ भन्दा बढि ड्रोनहरु उडाएको अनुभव रहेको छ । ड्रोनमा मात्र नभएर सुरज फोटोग्राफि र भिडियोग्राफिमा पनि उक्तिकै अब्बल मानिन्छन् ।

सुरज पौडेल सनराइज खबरका संवादतादा तथा ड्रोन पाइलटका रुपमा आवद्ध रहेका छन् । उनले यस मिडियाबाट प्रकाशित बिभिन्न स्थानका डकुमेन्ट्रि तथा भिडियो खिचेका छन् । हाल सम्म सनराइज खबरबाट प्रकाशित गरिएको दमक नगरपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका, अर्जुनधारा नगरपालिका, बराहक्षेत्र नगरपालिकामा उनले खिचेका फुटेज हेर्न सकिने छ ।

 

नेपालमा ०७२ को भुकम्पले तहसनहस पारेको धरहराको पुननिमार्ण हुँदै गर्दा पहिलो पटक घुम्टो नखोलेको धरहरालाई विश्वसामु देखाउने व्यक्ति पनि सुरज नै हुन् । जसले सिटिसि मलको छतबाट ड्रोनको सहायताले आकाशबाट घुम्टो ओडेको धरहरालाई कैद गरेका थिए । जुन भिडियो सनराइज खबर बाटै प्रकाशित भएको छ ।

 

यति मात्र हैन सुरज ५ हजार मिटर भन्दा माथिको उचाइ रहेको संखुवासभाको सभा पोखरीलाई ड्रोनमा कैद गर्ने पहिलो व्यक्ति हुन् । धौलागीरी हिमाल, हिमाल पारिको जिल्ला मुस्ताङ र मुक्तिनाथ जस्ता स्थानलाई पनि उनले ड्रोनमा कैद गरिसकेका छन् । घोपा बचाउँ अभियानलाई पनि आकाशबाट देखाउने व्यक्ति हुन् सुरज । उनले खिचेका फुटेजहरु उनकाे युट्युव च्यान (Spo Vlog’s) मा समेत हेर्न सकिन्छ । नेपालकाे एक स्थानमा मात्र धेरै थरिका लालिगुँरास पाइन्छ त्याे हाे तीनजुरे डाँडा जसलाई पनि सुरजले आकाशबाट कदै गरेका छन् ।

‘ड्रोनसँग आकाश डुलेको वषौं वित्तिसकेछ । चलाउन थालेको भने हिजो जस्तो लाग्छ’ सुरज भन्छन्– ‘यतिका वर्षमा धेरै नौला र अप्ठ्यारा परिस्थितिसँग जुध्दै ड्रोनलाई आकाशमा घुमाएको अनुभव बटुलेको छु ।’

आफूसँग भएको ज्ञान अरुलाई बाढ्न र साट्न पाउँदा एकदमै खुसी भएको बताउँदै उनले भने– ‘तत्कालीन समयमा ड्रोन उडाउने सिमीत थिए । अहिले सम्म आइपुग्दा लगभग सबैको हातहातमा देखिन थालेको छ । कतिपय जानेर चलाउँछन् त कतिपय उसै ।’

‘हामीले एउटा अवसरको सुरुवात गरेका छौं । नयाँ पिडिलाई नयाँ प्रविधिसँग जोड्ने ।’ सुरज भन्छन्– ‘यो अवसर भविष्य बन्न सक्छ । उडाउन अहिले नजान्ने कमै पाइन्छन् । तर त्यसको लागि विविध स्किल चाहिन्छ । जसले ड्रोनलाई दुर्घटनाबाट बचाउँछ । त्यस्ता ट्रिकबाट म विद्यार्थीलाई अझ अब्बल बनाउँन चाहान्छु ।’

‘ड्राेन सँगकाे सहकार्यले केहि हद सम्म सफलता हासिल गरेकाे छु । अझैं सफलताका निम्ति संघर्षरत रहेकाे छु’ सुरज भन्छन्- ‘म बाट अरुले पनि केहि सिकुन भन्ने चाहान्छु ।’

इन्सिच्युटले कक्षा आजैबाट सुरु गरिसकेको छ । प्लस टु तथा डिप्लोमा गरिरहेका विद्यार्थीका लागि सो कोर्स खोलिएको हो इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने छन् । आवेदनका लागि यस ९८२०७५८०९० नम्मबरमा फोन गर्नु पर्ने छ ।



प्रतिक्रिया दिनुहोस !