४ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रेणुको मुखबाट जब ‘जय नेपाल’ निस्कियाे….

प्रकाशित मिति :  २२ बैशाख २०७९, बिहीबार ११:०५


भरतपुर । भरतपुर महानगरमा मेयर उम्मेदवार बन्नुभएकी पुष्पकमल दाहाल प्रचण्डकी छोरीलाई चुनाव जित्छु भन्ने आत्मविश्वास देखिएन । उहाँले भरतपुरमा आयोजित चुनावी सभामा बारम्बार ‘हामीले चुनाव जित्याैं भने…’ भन्ने वाक्य प्रयोग गर्नुभयो ।

उहाँ लगत्तै बोल्नुभएका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले रेणुको जित्यौं भने भन्ने वाक्यमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो– ‘जित्यौं भने नभन्नुस्, जित्छौं भन्नुस् ।’

प्रचण्डपुत्री तथा मेयर उम्मेदवार रेणुले सम्बोधनको अन्त्यमा ‘जय नेपाल’ शब्दले अभिवादन गर्नुभएको थियो । माओवादीले विगतमा सम्बोधनमा ‘लालसलाम’ शब्द प्रयोग गर्ने गरेको थियो । जनयुद्धकालमा जय नेपाल शब्दले सम्बोधन तथा अभिवादन गर्नेलाई माओवादीले हत्या गर्ने गरेको थियो ।

सभामा सहभागिता कम भएकोमा रेणुले मौसमलाई कारण देखाउनुभयो । उहाँको भनाई थियो– ‘यत्तिको सहभागिता ठिकै हो, घाम लागेकाले धेरै मानिस उपस्थित हुनुभएन ।’



प्रतिक्रिया दिनुहोस !