१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पानीले डुवायाे गठबन्धनले भरतपुरमा तय गरेकाे आमसभा स्थल

प्रकाशित मिति :  २२ बैशाख २०७९, बिहीबार ०६:०४


काठमाडौं । चितवनको भरतपुरमा आज हुन लागेको पाँच दलीय गठबन्धनको आमसभा स्थल पानीले डुबाएको छ ।

राति परेको अविरल वर्षाको कारण कार्यक्रम स्थल तलाउ जस्तै बनेको छ । मञ्च बनाएको भाग सहित पानीमा डुबेको छ ।  मञ्च अगाडिको चौर पुरै जलमग्न भएको छ ।

चितवनको भरतपुरमा गठबन्धनको तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल चुनाव लड्दै हुनुहुन्छ । आज हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचन आचार संहिताले बहालवाला मन्त्रीले समेत चुनावी सभालाई सम्बोधन गर्न दिँदैन । आचारसंहिता विपरीत प्रधानमन्त्री देउवाले प्रचण्ड पुत्रीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !