७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यसरी मनायाे युवा तथा व्यवसायी स्वराेजगार काेषले वार्षिक उत्सव

प्रकाशित मिति :  १९ फाल्गुन २०७८, बिहीबार १२:३२


काठमाडाैं । युवा तथा व्यवसायी स्वराेजगार काेषले १३ औं वार्षिक उत्सव मनाएकाे छ ।

काठमाडाैंकाे अनामनगरस्थित काेषकाे कार्यालयमा बिहीबार कार्यक्रम गरेर वार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रममा काेषका कार्यकारी निर्देशक विश्वमाेहन अभिकारीले १३ वर्षसम्म काेषले गरेका प्रगतिबारे जानकारी गराउनुभएकाे थियाे ।

उहाँका अनुसार २०६५ सालमा स्थापना भएकाे काेषले नेपाल सरकार र अन्तर्राष्ट्रिय संघ-संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्दै आएकाे उहाँले बताउनुभयाे । १८ वर्षदेखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधिताे सुलभ कर्जा उपलब्ध गराउँदै आएकाे छ ।

युवाहरुलाई स्वराेजगार बनाउने लगायत उद्देश्यसाथ काम गरिरहेकाे काेषले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ । नियमित स्वराेजगार कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, काेशी इकाेनाेमिक कार्यक्रम,भेरी कर्णाली इकाेनाेमिक करिडाेर कार्यक्रम,काठमाडाैं उपत्यका स्वराेजगार कार्यक्रम र तराई मधेस स्वराेजगार कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

काेषका उपाध्यक्ष देवराज राेक्काले राेजगारी र स्वराेजगारीकाे परिभाषा बुझ्न नसकिएकाे अवस्था अहिले रहेकाे बताउनुभयाे । पाखुरामा विश्वास गर्नेहरुलाई देशमा श्रम पाेख्न देशमा प्रयाप्त ठाउँ र साधन स्राेत रहेका उहाँले बताउनुभयाे । लाेकसेवा र शिक्षक सेवा पास गरेर खाएकाे जागिरलाई मात्रै जागिर भन्ने प्रवृत्ति समाजमा रहेकाे उपाध्यक्ष राेक्काले बताउनुभयाे ।

आफ्ना लागि आफै मालिक बनेर स्वराेजगार बनेर अरुलाई राेजगार दिने कुरालाई महत्व नदिइएकाे र त्यसमा नीतिगत काम हुन नसकेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘अब राेजगारी र स्वराेजगारीकाे परिभाषा बदल्लिनुपर्छ, राेजगारी भन्दा स्वराेजगारमा बढी फाेकस हाैँ, जाे वेराेजगार छाैँ भन्ने र देशभित्र काम गर्न पाइएन भनेर विदेश हिँड्नुभएकाे छ,उहाँहरुलाई कम्तिमा स्वदेशमै काम गराैँ भन्ने अनुराेध गर्न चाहान्छु ।’

स्वराेजगारी सृजना गर्ने धेरै संस्था रहेका पनि उपाध्यक्ष राेक्काले बताउनुभयाे । विभिन्न ठाउँमा छरिएर रहेका अनुदानलाई बन्द गरेर र सरकारकाे जेठाे काेषलाई खातामा राखेर स्वराेजगार सृजना गर्ने वातावरण बनाउन सरकारसँग माग गर्नुभयाे ।

वेराेजगारी दर २३ प्रतिशतकाे हाराहारी रहेकाे भनिएपनि त्याे भन्दा धेरै बेराेजगारकाे संख्या रहेकाे बताउनुभयाे । स्वराेजगारी बनेर राेजगारी सृजना गर्ने अवसरलाई कसैले नराेकाे पनि उहाँकाे भनाइ छ । काम गरी खानेलाई देशमा अवसर रहेकाे पनि उहाँले बताउनुभयाे । स्राेत साधनलाई परिचालन गरेर कसरी आत्मनिर्भर बन्ने भन्ने कुरामा ध्यान नगएकाे पनि उहाँले बताउनुभयाे ।

‘पैसाकाे अभावबाट साेचका अभावबाट काेही बेराेजगार हुनुहुन्छ भन्ने हामीकहाँ आउनुस्,पैसा मात्र हाेइन सल्लाह पनि पाउनुहुन्छ’-उहाँकाे भनाइ छ । काेषले पहिलाे पटक औपचारिक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएकाे हाे ।

 



प्रतिक्रिया दिनुहोस !