६ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमसीसीबारे भ्रम फैलाउने काम भइरहेको छ-मिनेन्द्र रिजाल

प्रकाशित मिति :  १५ फाल्गुन २०७८, आईतवार १२:५६


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीबारे भ्रम फैलाउने काम भइरहेको बताउनुभएको छ ।

आइतबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झाैतामाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् रिजालले एमसीसी नेपालकाे हितमा रहेकाले भ्रम नफैलाउन आग्रह गर्नुभयाे । गठबन्धनमा आबद्ध नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएकाे बताउनुभयाे ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले सडकमा कार्यकर्ता उतार्ने काम गरेका उहाँले बताउनुभयाे । सदनमा समेत केही सांसद्ले पक्ष र केहीले विरोधमा बोलेर रमिता देखाएको उहाँकाे भनाइ छ ।

व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने बताउनुभयो । नेपाल एमसीसी सम्झौता गर्ने एक्लो देश नभएको भन्दै विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सदनको गतिरोध अन्त्य गर्न र जिम्मेवार रूपमा प्रस्तुत हुन समेत आग्रह गर्नुभयो ।

थुप्रै देशमा एमसीसी लागू भएर अनुदान उपलब्ध भइरहेको अवस्थामा नेपालमा गलत बहस भइरहेको उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !